मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार ३१ शुक्रबार १९:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पोखराको विवादित जग्गा ठेक्का सम्झौता खारेज 

सम्झौत रद्ध, थप कारबाहीका लागि अख्तियार र प्रहरीलाई सिफारिस

Read Time : < 1 मिनेट
२०७९ असार ३१ शुक्रबार १९:१९:००

पोखरा उपत्यका नगर विकास समितिका निवर्तमान अध्यक्ष एवं पोखरा महानगरका पूर्वमेयर मानबहादुर जिसीले कार्यकालको अन्त्यमा पर्यटकीय बसपार्कसहित तीन महत्वपूर्ण ठाउँको जग्गा ठेक्का सम्झौता खारेज भएको छ। पोखरा उपत्यका नगर विकास समितिको शुक्रबार बसेको १६९औँ बैठकले सम्झौता खारेज गरेको हो। 

उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा तथा संरचना भाडामा लगाउन गत ३ जेठमा विभिन्न कम्पनीसँग निवर्तमान मेयर जिसीले सम्झौता गरेका थिए। यही २५ असारको शनिबार बिहान बसेको उपत्यका नगर विकास समितिको बैठकले मालपोत कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिको सदस्यमा विष्णु बराल, झपिन्द्रराज रेग्मी, देवेन्द्र रानाभाट र शुकदेव गौतम रहेका थिए। उक्त समितिले आफ्नो प्रतिवेदन शुक्रबार नै पेस गरेको हो।

छानबिन समितिले ठेक्का सम्झौता गैरकानुनी रहेको निष्कर्ष निकाल्दै त्यसलाई रद्ध गरी संलग्नलाई थप कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने राय पेस गरेको हो। सोही रायबमोजिम उपत्यका नगर विकास समितिको बैठकले ठेक्का प्रक्रियामा संलग्नलाई थप कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने निर्णय गरेको उपत्यका नगर विकास समितिका अध्यक्ष एवं पोखराका मेयर धनराज आचार्यले जानकारी दिए।