मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७९ असार ३१ शुक्रबार १२:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतले धौलीगंगा परियोजना बाँधको ढोका खाेलेपछि महाकाली तटीय क्षेत्रमा उच्च सर्तकता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
२०७९ असार ३१ शुक्रबार १२:०१:००

भारतको उत्तराखण्ड राज्यको तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिने भएपछि कञ्चनपुरमा महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । सिल्ट फ्लसिङको कार्यका लागि बाँधका ढोका खोलिन लागेका हुन् ।

बाँधको ढोका खोलिने भएकाले महाकाली नदीको जलस्तर बढ्न सक्ने सम्भावना भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउनका लागि आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।

 भारतको एनएचपिसी लिमिटेडले आज बिहान ५ देखि साँझ ८ बजेसम्मका लागि बाँधका ढोका खोलिन लागेको जनाएको छ । जोखियुक्त क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउने कार्यसँगै नदीको जलस्तरबारे निगरानी राख्ने कार्यसमेत भइरहेको छ ।