१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असार ३१ शुक्रबार १०:५६:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

काभ्रेकाे स्थानीय तहको बेरुजु ५५ प्रतिशतले घट्यो

Read Time : > 1 मिनेट
२०७९ असार ३१ शुक्रबार १०:५६:००

महालेखापरीक्षकको कार्यालयले तयार पारेको ५९औँ वार्षिक प्रतिवेदनअनुसार काभ्रे जिल्लाका स्थानीय तहहरूको बेरुजु ५५ प्रतिशतले घटेको छ । बुधबार महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार काभ्रेका १३ स्थानीय तहको आर्थिक वर्ष ०७७/७८ को बेरुजु ३१ करोड ४० लाख ७८ हजार रहेको छ । गत वर्ष सार्वजनिक महालेखापरिक्षकको ५८औँ वार्षिक प्रतिवेदनमा काभ्रेका स्थानीय तहको बेरुजु ५७ करोड १५ लाख ५० हजार रहेको थियो । दुई वर्षको प्रतिवेदन हेर्दा गत वर्षको भन्दा यस वर्ष काभ्रेको स्थानीय तहहरूको बेरुजु ५५ प्रतिशतले घटेको देखिन्छ ।

जिल्लामा ६ नगरपालिका र सातवटा गाउँपालिका गरी १३ स्थानीय तह रहेका छन् । प्रतिवेदनअनुसार ६ नगरपालिकामध्ये प्रतिशतको आधारमा मण्डनदेउपुर नगरपालिकाको सबैभन्दा बढी बेरुजु देखिएको छ । मण्डनदेउपुर नगरपालिकाको २.७१ प्रतिशत बेरुजु देखिएको छ । नगरपालिकाको एक अर्ब ७६ करोड ६५ लाख १८ हजार रुपैयाँको लेखापरीक्षण भएकोमा चार करोड ७८ लाख १९ हजार बेरुजु देखिएको हो । त्यस्तै, सात गाउँपालिकामध्ये प्रतिशतको आधारमा महाभारत गाउँपालिकाको बेरुजु बढी रहेको देखिन्छ । गाउँपालिकाको ४.६० प्रतिशत बेरुजु रहेको छ । प्रतिवेदनअनुसार महाभारत गाउँपालिकाले ८५ करोड २७ लाख ११ हजारको लेखापरीक्षण गरेकोमा तीन करोड ९२ लाख बेरुजु रहेको छ ।

पनौती नगरपालिका र रोसी गाउँपालिकाको बेरुजु सबैभन्दा कम छ । प्रतिवेदनअनुसार पनौती नगरपालिकाको ०.६८ प्रतिशत बेरुजु रहेको छ । दुई अर्ब १५ करोड ८५ लाख ९१ हजारको लेखापरीक्षण भएकोमा नगरपालिकाको बेरुजु एक करोड ४५ लाख ९१ हजार छ । त्यस्तै, रोसी गाउँपालिकाको १.०२ प्रतिशत रहेको छ । एक अर्ब २२ करोड २५ लाख ३८ हजारको लेखापरीक्षण गर्दा एक लाख २४ लाख ७३ हजार बेरुजु देखिएको छ ।

यसैगरी, नमोबुद्ध नगरपालिकाको एक अर्ब २६ करोड ७६ लाख ४३ हजारको लेखापरीक्षण गर्दा दुई करोड ९३ लाख १७ हजार अर्थात् २.३१ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा जनाइएको छ । नमोबुद्ध नगरपालिकाको एक अर्ब ७१ करोड ६१ लाख ४ हजारको लेखापरीक्षणमा बेरुजु रकम तीन करोड ३१ लाख ८७ हजार अर्थात् १.९३ प्रतिशत, बनेपा नगरपालिकाको दुई अर्ब २९ करोड ७९ लाख १३ हजारको लेखापरीक्षणमा तीन करोड ५१ लाख ३० हजार अर्थात् १.५३ प्रतिशत र पाँचखाल नगरपालिकाको एक अर्ब ६६ करोड ७ लाख हजार हजारको लेखापरीक्षणमा एक करोड ५९ लाख ९३ हजार अर्थात् ०.९६ प्रतिशत बेरुजु देखिएको छ ।

त्यस्तै, प्रतिवेदनअनुसार तेमाल गाउँपालिकाको एक अर्ब ६ करोड ८२ लाख २३ हजारको लेखापरीक्षणमा दुई करोड ५५ लाख ६९ हजार अर्थात् २.३९ प्रतिशत, खानीखोला गाउँपालिकाको ७५ करोड ४५ लाख ९४ हजारको लेखापरीक्षणमा एक करोड ४५ लाख ४० हजार अर्थात् १.९३ प्रतिशत बेरुजु देखिएको छ । यसैगरी, बेथानचोक गाउँपालिकाले ९२ करोड १५ लाख ४८ हजारको लेखापरीक्षणमा एक करोड ७२ लाख ७३ हजार अर्थात्  १.८७ प्रतिशत, भुम्लु गाउँपालिकाको एक अर्ब १७ करोड २८ लाखकाे लेखापरीक्षणमा एक करोड ७१ लाख १५ हजार अर्थात् १.४६ प्रतिशत र चौरीदेउराली गाउँपालिकाको एक अर्ब १३ करोड ९४ लाख १७ हजारको लेखापरीक्षणमा एक करोड ७८ लाख ७१ हजार अर्थात् १.०४ प्रतिशत बेरुजु देखिएको छ ।