१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ६ बुधबार १०:३१:००
Read Time : < 1 मिनेट
साहित्य

कथावाचनबारे अन्तरक्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ६ बुधबार १०:३१:००

कथावाचक समाज र डिल्लीरमण–कल्याणी रेग्मी स्मृति पुस्तकालयले विश्व कथावाचन दिवस २० मार्चका अवसरमा अन्तरक्रिया गरेको छ । 
‘कक्षामा कथावाचन’ अन्तक्र्रियामा प्रमुख अतिथि ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले कथावाचन परम्पराको संरक्षण र विकास गर्न सरोकारवालाले प्रशस्त काम गर्नुपर्ने बताए । 

कर्माचार्यले कथावाचन नै गरेर कार्यक्रम उद्घाटन गरेका थिए । वरिष्ठ बालसाहित्यकार चूडामणि बन्धुले पठन संस्कृतिको विकासमा कथावाचनको महत्वपूर्ण योगदान हुने बताए । कथावाचक समाजका अध्यक्ष ध्रुव घिमिरेले परम्परादेखि चलिआएको कथावाचनको परम्परालाई जगेर्ना गर्ने प्रयास कथावाचक समाजले गरेको बताए ।

कार्यपत्र प्रस्तुत गर्दै कथावाचक समाजका उपाध्यक्ष कृष्णदीप सिग्देलले कथावाचनका सैद्धान्तिक विषयबारे जानकारी गराएका थिए । बालबालिकालाई विषयवस्तु बुझाउन, मनोरञ्जन दिन तथा कुनै विषयमा एकाग्र बनाउन पनि कथावाचनले महत्वपूर्ण योगदान दिने उनको भनाइ छ । सन् १९०१ देखि कथावाचन दिवस सुरु भए पनि सन् २००४ देखि भने हरेक वर्ष २० मार्चमा विशेष नारासहित विश्वभर मनाउन थालिएको हो ।