मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार ३० बिहीबार १४:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हात्तीको दाह्रा तस्करी प्रकरणमा थप एकजना पक्राउ

Read Time : < 1 मिनेट
२०७९ असार ३० बिहीबार १४:५८:००

हात्तीको दाह्रा तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थप एकजनालाई पक्राउ गरेको छ।
संरक्षित वन्यजन्तु हात्तीको १५.६८ किलोग्राम दाह्रा तस्करीमा यसअघि तीनजना पक्राउ परेका थिए।

अनुसन्धानका क्रममा इलामको  जितपुर–१ झरनाचोक घर भई हाल झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनावारी बस्दै आएका २५ वर्षीय रमेश राईको संलग्नता पाइएपछि उनी पनि पक्राउ परेका हुन्। खुदुनाबारीबाट बिहीबार पक्राउ परेका उनलाई डिभिजन वन कार्यालय काठमाडौं पठाइएको छ।

सिआइबीले काठमाडौंको चक्रपथस्थित होटेल ओदानबाट २७ फागुन ०७८ मा हात्तीको दाह्रा  बरामद गर्नुका साथै तीनजनालाई पक्राउ गरेको थियो। सिआइबीले उक्त प्रकरणमा झापाको भद्रपुरका भक्तिकुमार लिम्बू, अशोक कार्की र  पाँचथरको फिदिमका रमेश सुवेदीलाई पक्राउ गरिसकेको छ। उनीहरूविरुद्ध डिभिजन वन कार्यालय काठमाडौंमा वन्यजन्तुसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।