१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ३० बिहीबार ११:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समान विचार भएकाहरू एक ठाउँमा केन्द्रित हुनुपर्छ : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ३० बिहीबार ११:५६:००

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञानलाई विश्व दृष्टिकोणको रूपमा अंगीकार गर्न समान विचार भएकाहरू एक ठाउँमा केन्द्रित हुनुपर्ने बताएका छन्। बिहीबार कुपण्डोलमा आयोजित नेपाल विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति बहसमा उनले यस्तो धारणा राखेका हुन्।

नेपाली समाज तत्काल वैज्ञानिक विचार आत्मसात् गर्ने स्तरमा नभएको भन्दै उनले यसका निम्ति समान विचार भएकाहरू एक भएर ठूलो बहस सुरु गर्नुपर्ने बताए। उनले भने, ‘हाम्रो समाज अहिले जुन चेतानामा छ, तपाईंले वैज्ञानिक कुरा गरे पनि तुरुन्तै आत्मसातीकरणका स्तरमा जाने ठाउँमा छैन। त्यसका निम्ति एउटा ठूलो डिबेटको खाँचो छ। विज्ञानलाई विश्व दृष्टिकोणको रूपमा अंगीकार गर्ने, स्वीकार गर्ने नेतृत्व वा पार्टीहरूले त्यो बहस सृष्टि गर्ने आँट गर्नुपर्ने हुन्छ, र त्यसका लागि यस्ता विचार भएकाहरू एक ठाउँमा केन्द्रित हुनु जरुरी छ।’

राष्ट्र र जनताको विकासका लागि समर्पित हुने चेताना कसरी विचलित हुँदा रहेछन् भन्ने कुराको आफ्नो अनुभव मार्मिक रहेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘लेनिनले समाजवादी क्रान्ति सम्पन्न गरेपछि ५–६ वर्षपछि एउटा डकुमेन्ट लेख्नुभएको छ। आफ्नै सत्ताको धज्जी उडाएर। लेनिनले आफैँ सोभियत सत्ता भनेको विकृत भ्रष्ट भएर जान्छ भन्ने थाहा पाएको भए ! भन्नेसम्मको कुरा लेनिनहरूले किन गर्नुपर्‍याे होला भनेर आजभोलि मैले विचार गर्छु।’