१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
यम बम काठमाडाैं
२०७९ असार २९ बुधबार १७:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सवा लाखको खाद्यान्न बाँड्न १५ पटक हेलिकोप्टर उडान, २८ लाख ६८ हजार खर्च

Read Time : < 1 मिनेट
यम बम, काठमाडाैं
२०७९ असार २९ बुधबार १७:४८:००

बागमती प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयले सिन्धुपाल्चोकको लिदीमा पहिरोपीडितलाई १ लाख ११ हजारको दाल, चामल र स्वास्थ्य सामग्री बाँड्न नेपाली सेना र एक निजी वायुसेवा कम्पनीको हेलिकोप्टर १५ पटक प्रयोग गरेको पाइएको छ ।
२६ साउन ०७७ को पहिरोमा पीडित भएकालाई राहत बाँड्न मुख्यमन्त्रीसहितको टोलीले १२ पटक नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेको महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनमा उल्लेख छ । उक्त हेलिकोप्टरको भाडा सवा तीन घन्टाको २५ लाख ६८ हजार भुक्तानी भएको छ ।

त्यस्तै, सोही कामका लागि निजी वायु सेवा कम्पनीको हेलिकोप्टर तीनपटक प्रयोग गरेर तीन लाख खर्च गरिएको छ । ‘हेलिकोप्टर भाडामा लिई एक लाख ११ हजारको राहत वितरण गर्न २८ लाख ६८ हजार खर्च गरेको छ । यस्तो अनुत्पादक खर्च नियन्त्रण गर्नुपर्दछ,’ महालेखाले भनेको छ ।