मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २९ बुधबार १४:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिकता विधेयक पारित भए विदेशीलाई सहजै नेपाली नागरिक बन्ने ढोका खुल्छ: रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २९ बुधबार १४:३४:००

एमाले सांसद भीम रावलले प्रतिनिधिसभामा अघि बढेको नागरिकता विधेयक फिर्ता लिन माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा रावलले नागरिकताको विषयलाई खेलाची र राजनीतिक खेल नबनाउन सरकारलाई आग्रह गर्दै फिर्ता लिन माग गरेका हुन् ।
नागरिकतासम्बन्धी पछिल्लो विधेयकले विदेशीलाई सहजै नेपाली नागरिक बन्न ढोका खोल्ने उनको भनाइ छ । पूर्वगृहमन्त्रीसमेत रहेका रावलले लामो समयदेखि नागरिकता वितरणमा कडाइ गर्नुपर्ने बताउँदै आएका छन् । 
बुधबारकै बैठकमा एमालेका अर्का सांसद शेरबहादुर तामाङले असमान ढंगले नागरिकता विधेयक आएको आरोप लगाए । नेपाली नागरिकले विवाह गर्ने विदेशीलाई वंशजको हक दिने हो भने नेपाली आमाका छोरीहरूले पनि पाउनुपर्ने व्यवस्था गर्न उनले माग गरे ।