मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार २९ बुधबार १४:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दमक नगरसभामा एमालेको विरोध : बैठकमा सहभागी, तर उपस्थिति खातामा गरेनन् हस्ताक्षर 

Read Time : < 1 मिनेट
२०७९ असार २९ बुधबार १४:३४:००

झापाको दमक नगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिको विरोधका कारण नगरसभा स्थगित भएको छ । बुधबार आर्थिक वर्ष ०७९–८० को बजेट पारितका लागि बोलाइएको ११औँ नगरसभाको तेस्रो बैठक एमालेको विरोधका कारण स्थगित भएको हो ।

दमकमा एमालेको दुईतिहाइ बहुमत छ । ५५ मध्ये ४३ जना एमालेका सदस्य छन् । बैठकमा सहभागी भए पनि हस्ताक्षर नगरेपछि गणपूरक संख्या नपुगेको भन्दै नगरप्रमुख रामकुमार थापाले नगरसभा स्थगित गरे । एमालेले यसअघि सोमबार पनि बैठकमा विरोध जनाएको थियो । ‘हामीले बजेटमा राखेका सुझाव समेटिएन । कमसेकम नगरसभा पुस्तिकैमा माग समेटियोस् भन्ने हाम्रो कुरा हो,’ एमालेबाट निर्वाचित दमक– ५ का वडाध्यक्ष इन्द्र गुरुङले भने, ‘हाम्रो कुरा सुन्नै नचाहेपछि बैठक पुस्तिकामा हस्ताक्षर गरेनौँ ।’

एमालेले पूर्वाधार सेवा शुल्क हटाउनुपर्ने, विपन्न परिवारका व्यक्तिको मृत्यु संस्कारमा सहयोग गर्नुपर्ने, गम्भीर दीर्घ रोगीलाई आर्थिक सहयोग गर्नुपर्नेलगायतको माग राखेको वडाध्यक्ष गुरुङले बताए । 

नगरपालिकामा १० असारमा बजेट प्रस्तुत भएको थियो । स्थानीय तह सञ्चालन ऐनले असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने व्यवस्था गरेको छ । तर, दमकले ३ साउनमा मात्र अर्को बैठक बोलाएको छ ।