मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
तस्बिर : अमूल थापा / नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २९ बुधबार १४:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिकता विधेयक पारित गर्न सांदहरूलाई गृहमन्त्रीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार २९ बुधबार १४:१७:००

गृहमन्त्री बालकृष्ण खाणले संसदमा पेस गरिएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ लाई पारित गर्न सहयोग गर्न सांसदहरूलाई आग्रह गरेका छन् । 

लाखौँ नेपाली नागरिकलाई नागरिकता पाउने अधिकारबाट वञ्चित हुन नदिन सरकारले संविधानअनुसार सो विधेयक ल्याएको उल्लेख गर्दै त्यसलाई पारित गर्न सहयोग गर्न उनले सांसदहरूलाई अनुरोध गरेका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा सो विधेयक मुलुकको सार्वभौमिकता प्रतिकूल रहेको भन्दै सांसदहरू भीम रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले विरोधको सूचना पेस गरेका थिए । 

मन्त्री खाणले संविधानको प्रावधानअनुसार अघि बढाएको सो विधेयक सबै नेपाली नागरिकलाई नागरिकता लिने गरी ल्याएकाले पारित गरेर अघि बढ्नुको विकल्प नरहेको बताए । ‘नागरिकता प्रदान गर्ने कामलाई हामीले अगाडि बढाउन सकियोस् भन्ने उद्देश्यका साथ नै ल्याइएको कारणले म माननीयज्यूहरूलाई आफ्नो विरोधको सूचना फिर्ता गरेर त्यो नागरिकता विधेयकलाई अघि बढाउने र पास गर्ने क्रममा सहयोग पुर्‍याउन हार्दिक आग्रह गर्न चाहन्छु,’ उनले भने ।