१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ असार २९ बुधबार १०:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा प्रहरी र तस्कर समूहबीच लफडा

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ असार २९ बुधबार १०:०८:००

कञ्चनपुरमा प्रहरी र तस्कर समूहबीच लफडा भएकाे छ । भारतबाट तस्कर समूहले ल्याएको मलखादसहितको सामान झोलुंगे पुल क्षेत्रमा बरामद गरेपछि लफडा मच्चिएको हो । मंगलबार साँझ झोलुंगे पुल क्षेत्रमा खटिएको प्रहरी टोलीले वीरेन्द्र सिंहलगायतका व्यवसायी (तस्कर समूह)को सामान बरामद गरेपछि प्रहरी र  सो समूहबीच लफडा भएकाे हो । सामान बरामद गरेको विषयलाई लिएर उनीहरूले प्रहरीसँग भनाभन गरेका छन् । 

झोलु‌ंगे प्रहरीले अवैध सामान ओसारपसारमा नियन्त्रण गर्न थालेपछि तस्कर समूहले त्यसको प्रतिवाद गरेका छन् । तस्कर समूहले आफूहरूबाट पहिले नै झोलंगे  प्रहरीले महिनावारी पाँच हजारका दरले रकम असुलेको  र अहिले आएर काम गर्न नदिएको भन्दै प्रहरीसँग प्रतिवाद गरेकाे हाे । 

प्रहरीले सामान बरामद गरेपछि तस्कर समूह र प्रहरीबीच आर्थिक लेनदेन भएको विषयमा आरोप–प्रत्यारोप भएको भिडियो पनि सार्वजनिक भएको छ । त्यस पश्चिम सीमा क्षेत्र दोधाराचाँदनीमा सशस्त्र प्रहरी बलका पाँच–पाँच बिओपी छन् । उक्त बिओपीमा समेत लाइन मिलाएर तस्करी भइरहेको स्थानीयले बताएका छन्