मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २८ मंगलबार १३:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दलितमाथि अमानवीय व्यवहार रोकिएन, संस्कारगत चेतना बदल्न आवश्यक : माओवादी सांसद पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २८ मंगलबार १३:५४:००

माओवादी केन्द्रकी सांसद विना पोखरेलले दलित समुदायमाथि हुने अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको औँल्याएकी छिन्। मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा सांसद पोखरेलले देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि दलित समुदायमाथिको विभेद अन्त्य नभएको बताएकी हुन्।

अझै पनि दलित समुदायलाई अपमान गर्ने संस्कार समाजमा रहेको उल्लेख गर्दै उनले त्यस्ता संस्कारगत चेतनालाई बदल्न आवश्यक रहेको उनले बताइन्। त्यसका लागि राज्यले नै प्रभावकारी अभियान चलाउनुपर्ने उनको तर्क छ।

‘दलित समुदायमाथिको अपमान र अमानवीय व्यवहार अझै अन्त्य हुन सकेको छैन। त्यसैले हाम्रो समाजको संस्कारगत चेतनालाई बदल्न अत्यन्तै सशक्त र प्रभावकारी अभियान चलाइनुपर्दछ। जसको पहल स्वयं राज्यले लिनुपर्दछ,’ उनले भनिन्।

सांसद पोखरेलले निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने र दलितको प्रतिस्पर्धा दलितसँग मात्रै हुने व्यवस्था मिलाउनुपर्ने बताइन्। दलित समुदायभित्रै भएका विभेदको पनि अन्त्य हुनुपर्नेमा उनले जोड दिइन्।