मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २७ सोमबार १८:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यस्तो छ जुन महिनाको वर्षाको विवरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार २७ सोमबार १८:४६:००

यस मनसुन सिजनको पहिलो महिना जुन (०७९ जेठ १८ देखि असार १६) मा मापन गरिएको वर्षाको तथ्यांकअनुसार प्रदेश नं १, मधेस र बागमती प्रदेशका अधिकांश केन्द्रहरू तथा गण्डकी प्रदेशका धेरैजसो केन्द्रहरूमा सरदरभन्दा बढी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार कर्णाली  प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश केन्द्रहरू र लुम्बिनी प्रदेशको बर्दियामा सरदरभन्दा कम वर्षा मापन भएको छ।

विभागका अुनसार मापन गरिएका कुल ९० केन्द्रहरूमध्ये ५७ केन्द्रहरूमा सरदरभन्दा बढी, १३ केन्द्रहरूमा सरदर र २० केन्द्रहरूमा सरदरभन्दा कम वर्षा भएको छ। उक्त केन्द्रहरूमा जुन महिनामा भएको औसत वर्षा (३७८.२ मिमि) सरदर वर्षाको १३५.४ प्रतिशत रहेको छ।