Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७५ चैत ६ बुधबार ०६:४३:००
Read Time : < 1 मिनेट
समाचार

भूकम्पपीडितलाई लालपुर्जा

Read Time : < 1 मिनेट
२०७५ चैत ६ बुधबार ०६:४३:००

०७२ वैशाख १२ को भूकम्पले चिराचिरा परेको इच्छाकामना–३ धुसाका भूकम्पपीडितले आवास निर्माणका लागि जग्गा पाएका छन् । सुरक्षित आवास क्षेत्रको माग गर्दै आएका स्थानीयले झन्डै चार वर्षपछि जग्गा प्राप्त गरेका हुन् । २० परिवार भूकम्पपीडितलाई इच्छाकामना गाउँपालिका कार्यालयबाट १० मिनेटको पैदल दूरीमा नयाँ बस्ती बसाउन जग्गा उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष गीता गुरुङले बताइन् । 

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले भूकम्पपीडितलाई जग्गाको लालपुर्जा प्रदान गरेका छन् । सुरक्षित स्थानमा घडेरी खरिदका लागि सरकारले प्रतिपरिवार दुई लाख रुपैयाँ उपलब्ध गराएको थियो । त्यसमा अपुग रकम गाउँपालिकाले नै थप गरेर एक परिवारलाई ६ धुरका दरले जग्गा प्रदान गरिएको अध्यक्ष गुरुङले बताइन् ।

५६ घर स्थानान्तरण
प्राविधिक अध्ययनले भूकम्पपछि चितवनमा १ सय २ घरधुरी भौगोलिक रूपमा उच्च जोखिममा परेका छन् । त्यसमध्ये हालसम्म ५६ घर स्थानान्तरण गरिएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ चितवनका इन्जिनियर पुष्कर पोखरेलले जानकारी दिए । कार्यक्रममा जिसस प्रमुख डल्लाकोटीले भूकम्पपीडितका लागि सुरक्षित आवाससँगै सीप र रोजगारीको पनि आवश्यक रहेको बताए । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले इच्छाकामनाका अन्य ठाउँमा पनि बस्ती स्थानान्तरणका लागि पहल भइरहेको बताए । 

१५ सय ३८ ले पहिलो किस्ता लिन बाँकी
भवन निर्माणका लागि अनुदान सम्झौता गरेका १ हजार ५ सय ३८ परिवारले अझै पहिलो किस्ता रकम पाएका छैनन् । सुकुमबासी र ऐलानी जग्गामा घर भएका पीडितले लालपुर्जा अभावमा घर बनाउन अनुदान रकम नपाएका हुन् । अनुदान सम्झौता गरेका केही लाभग्राही पहिलो किस्ता लिएपछि सम्पर्कमै नआएको कार्यालयले जनाएको छ ।