मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २७ सोमबार १७:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विवादास्पद फैसला गर्ने जिल्ला अदालत धनुषाका न्यायाधीश भट्टराई सर्वोच्च तानिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २७ सोमबार १७:५०:००

विभिन्न मुद्दामा विवादास्पद फैसला गरेका जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराई सर्वोच्च अदालत तानिएका छन्।

भट्टराईले निहारिकासिंह राजपूतको मुद्दामा उनीमाथि बलात्कार नभएको फैसला गरेका थिए। आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको भन्दै निहारिकाले दायर गरेको मुद्दामा न्यायाधीश भट्टराईले श्रेष्ठको पक्षमा गरेको फैसला विवादित भएको थियो।

त्यसैगरी, हत्या आरोपित पंकज भनिने दामोदर चौधरीलाई सफाइ दिने उनको फैसलासमेत विवादित बनेको थियो। दुई थान पेस्तोल र २२ राउन्ड गोलीसहित पक्राउ परेका चौधरीमाथि २०७६ कात्तिक ६ गते जनकपुरधाम उपमहानगरपालिका–१ का पेट्रोल पम्प सञ्चालक मनोज साहको गोली हानी हत्या गरेको अभियोग थियो।

चौधरीलाई सफाइ दिने भट्टराईको फैसला अध्ययनका लागि न्याय परिषदमा पठाउने निर्णय भएको अवस्थामै उनी सर्वोच्च तानिएका हुन्।