१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २७ सोमबार १४:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मूल्यवृद्धि अपेक्षा गरेभन्दा माथि जाने सम्भावना छ : गभर्नर अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २७ सोमबार १४:३०:००

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षमा पनि मूल्यवृद्धि लक्ष्यभन्दा माथि नै हुने बताएका छन्। सोमबार प्रतिनिधिसभाको अर्थ समितिमा आगामी मौद्रिक नीतिसम्बन्धी छलफलमा गभर्नर अधिकारीले यस्तो बताएका हुन्।

चालू आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिए पनि अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि अत्यधिक बढेकाले लक्ष्यभन्दा बाहिर जाने अवस्था रहेको उल्लेख गरे। उनले विश्वका अधिकांश मुलुकका केन्द्रीय बैंकले मूल्यवृद्धि नियन्त्रण गर्ने मौद्रिक नीति ल्याएकाले नेपालले पनि त्यसतर्फ ध्यान दिनुपर्ने बताए। चालू आर्थिक वर्षमा मूल्यवृद्धि सीमाभित्र राख्न कठिन रहेको उनको भनाइ छ।

‘मूल्यवृद्धि हामीले आशा गरेभन्दा माथि नै जाने सम्भावना छ। आगामी वर्षमा पनि दबाबमूलक नै देखिन्छ। पछिल्लो समय रुस र युक्रेनबीचको युद्धले सप्लाई–चेनमा ठूलो असर पारेको छ। इन्धनको मूल्य धेरै बढेको कारण अन्य वस्तुको मूल्य बढेको छ। आगामी वर्ष पनि अहिले मूल्यवृद्धि भएजस्तै कायम रहने देखिन्छ,’ उनले भने।

गभर्नर अधिकारीले बाह्य क्षेत्रको चापका कारण मुलुकको विदेशी मुद्रा सञ्चिति घट्दै गएको बताए । उनले आयात धान्ने ठूलो सहयोग रेमिट्यान्स भए पनि पछिल्लो समय रेमिट्यान्ससमेत कम हुँदै गएको उल्लेख गरे। उनका अनुसार चालू आर्थिक वर्षको १० महिनामा आठ सय ११ अर्ब ७९ करोड रेमिट्यान्स आएको छ।