१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २७ सोमबार १२:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदमा एमालेको प्रश्न- ८४ करोडको हतियार किन ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार २७ सोमबार १२:२७:००

प्रमुख प्रतिपक्ष दल एमालेले सरकारले नेपाल प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेको भन्दै विरोध जनाएको छ ।सोमबार प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै प्रमुख प्रतिपक्ष दल एमालेका सांसद नवराज सिलवालले सरकारले ८४ करोड रुपैयाँबराबरको हतियार किन्नका लागि बजेट रकमान्तर गरेको भन्दै त्यसप्रति आपत्ति जनाए ।

उनले देशमा आर्थिक संकट आउन लागेको वेलामा हतियार किन्न खोजेर सरकारले राष्ट्रघात गरेको बताए । उनले हाल नेपाल प्रहरीलाई हतियार नचाहिएको भन्दै बिचौलिया र राजनीतिक व्यक्तिहरूलाई पैसा चाहिएकाले यो योजना अगाडि बढाइएको बताए ।

उनले हतियारको कमिसन तीन सय प्रतिशतसम्म बढाएर रकमान्तर गरिएको बताए । उनले हाल नेपाल प्रहरीलाई हतियार नभई ब्यारेक र प्रविधि चाहिएको बताए । प्रहरीलाई प्रविधि भित्र्याएर अनुसन्धानयोग्य बनाउनुपर्नेमा उनले जाेड दिए ।