१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अनु आचार्य
२०७५ पौष ८ आइतबार ०७:१०:००
Read Time : < 1 मिनेट
प्रदेश

उद्धार सामग्री हस्तान्तरण

Read Time : < 1 मिनेट
अनु आचार्य
२०७५ पौष ८ आइतबार ०७:१०:००

रसुवामा हिमपातमा परेकाको उद्धारका लागि सामग्री हस्तान्तरण गरिएको छ । जिल्लामा निर्माणाधीन माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजनाले जिल्ला दैविक प्रकोप उद्वार समिति रसुवालाई सामग्री हस्तान्तरण गरेको हो । शुक्रबार जिल्ला प्रशासन कार्यालय रसुवामा एक कार्यक्रमको आयोजना गरी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत लिबो सकले प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललाई उद्धार सामग्री हस्तान्तरण गरेका हुन् । 


अक्सिजन ग्यास, एमर्जेन्सी हिटिङ ब्लांकेट, डाउन ज्याकेट, स्लिपिङ ब्याग, चेस्ट हार्नेस, सिट हार्ने, म्याट्रिस, स्टाटिक रोप, आइस एक्सलगायतका १० प्रकारका सामग्री हस्तान्तरण गरिएको आयोजनाका साइड इन्चार्ज सुमन भट्टले बताए । 

जिल्लामा हालसम्म हिमपात तथा हिमपहिरोमा परेका नागरिकको उद्वार गर्न कुनै पनि सामग्री जिल्ला दैविक प्रकोप उद्वार समितिमा नभएकाले आयोजनालाई अनुरोध गरी सामग्री जोहो गरिएकोे प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । विगतका वर्षहरूमा जिल्लाको पर्यटकीय क्षेत्र लाङटाङका केही हिमालहरूमा  कतिपय यात्रीको मृत्यु भएको थियो । रसुवाको लाङटाङ, गत्लाङमा बढी हिमपातको जोखिम हुन्छ ।