१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
कञ्चनपुर उद्योग वाणिज्य संघमा निर्वाचित भएका अध्यक्ष पीताम्बर जोशीसहितका पदाधिकारी
मोहन विष्ट कञ्चनपुर
२०७९ असार २७ सोमबार ०७:५७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कञ्चनपुर उवासंघको अध्यक्षमा जोशी निर्वाचित

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ असार २७ सोमबार ०७:५७:००

कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पीताम्बर जोशी निर्वाचित भएका छन् । वाणिज्य संघको १७औँ कार्यकारणी समिति चयनका लागि शनिबार भएको निर्वाचनमा जोशी निर्वाचित भएका हुन् । 

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी गणेशदत्त जोशीलाई पाँच सय ५८ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पूर्णबहादुर चन्दले आइतबार दिउँसो मत परिणाम घोषणा गर्दै अध्यक्ष पदका प्रतिस्पर्धी पीताम्बर जोशीले एक हजार दुई सय ९९ र अर्का प्रतिस्पर्धी गणेशदत्त जोशीले सात सय ८३ मत ल्याएको बताए ।

वाणिज्य संघको नयाँ अध्यक्षमा निर्वाचित जोशी यसअघि वरिष्ठ उपाध्यक्ष थिए भने पराजित भएका गणेशदत्त जोशी अध्यक्ष भइसकेका हुन् । वाणिज्य उपाध्यक्षतर्फ धर्मसिंह रावल निर्वाचित भएका छन् । रावलले आफ्ना निकटतम प्रतिद्वन्द्वी वासुदेव जोशीलाई दुई सय ७० मतको अन्तरले पछि पारेका थिए । रावलले सात सय ५८ र जोशीले चार सय ८८ मत ल्याएका छन् ।

त्यस्तै, महासचिवमा खगेश्वरप्रसाद बोहरा निर्वाचित भएका छन् । बोहराले आफ्ना निकटतम प्रतिद्वन्द्वी निर्मला भट्ट (सापकोटा)लाई चार सय एक मतको अन्तरले हराउँदै महासचिवमा निर्वाचित भएका छन् । भट्टले आठ सय मत ल्याइन् भने बोहराले एक हजार दुई सय एक ल्याएका थिए । कार्यसमितिमा अध्यक्ष पीताम्बर प्यानलकै तीनैजना पदाधिकारी निर्वाचित भएका छन् ।

यसअघि संस्थापक सदस्य, खुला सदस्य र चार पदाधिकारीमा निर्विरोध निर्वाचित भएका थिए । पदाधिकारीमा पनि पीताम्बर प्यानलकै वरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्ष सुरेश गुरुङ, सचिव राहुल भट्ट, कोषाध्यक्ष चेतराज जोशी निर्विरोध निर्वाचित भएका छन् । संस्थापक सदस्यतर्फ नेपाल औषधि व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुढा निर्विरोध निर्वाचित भएका थिए ।