मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गगन अयडी बाजुरा
२०७९ असार २६ आइतबार २१:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बुढीगंगाको मेयर र उपमेयर दुवैमा एमाले विजयी

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७९ असार २६ आइतबार २१:३८:००

बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवारहररू विजयी भएका छन् । नगरप्रमुखमा रामबहादुर बानियाँ र नगरउपप्रमुखमा मायाकुमारी खड्का (कुँवर) विजयी भएका हुन् । 

प्रमुखमा एमाले उम्मेदवार बानियाँले ४७७७ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार रंगबहादुर  खातीले ३७७४ मत ल्याए ।  उपप्रमुखमा एमाले उम्मेदवार कुँवरले ४७२७ मत प्राप्त गर्दा कांग्रेसकी उम्मेदवार रिता शाहीले ३७५५ मत मात्र ल्याइन् । 
विजयी नगरप्रमुख बानियाँ र उपप्रमुख कुँवर ०७४ सालको स्थानीय चुनावमा सोही पदमा कांग्रेससँगै पराजित भएका थिए । कांग्रेसले दुवै पदमा नयाँ अनुहारलाइ टिकट दिएको थियो भने एमालेले २०७४ सालका उम्मेदवारलाई नै दोहोर्याएको थियो । 
१० वटा वडा रहेको नगरपालिकामा सातवटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका उम्मेदवार वडा ४, ७ र ८ मा  मात्र विजयी भएका छन् ।