मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ असार २६ आइतबार १९:१७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

'राष्ट्र बैंकको कमजोरीका कारण मूल्यवृद्धि भयो'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ असार २६ आइतबार १९:१७:००


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षले पछिल्लो समय बैंकिङ ब्याजदर वृद्धिको कारण बजारमा मूल्यवृद्धि भएको बताएका छन्। आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षकाे मौद्रिक नीतिका विषयमा सुझाब कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्।

 उनले राष्ट्र बैंकले बैंकहरूको ब्याजदर नियन्त्रण गर्न नसक्दा अहिलेको अवस्था आएको बताए। अध्यक्ष गोल्छाले पछिल्लो ६ महिनामा मात्रै बैंकको ब्याजदर दोब्बरले बढ्दा व्यवसायीहरू समस्यामा परेकोसमेत प्रस्ट पारे। 

‘विगतमा ब्याजदर कम थियो त्यो वेला पनि विकृति थियो । मूल्यवृद्धिभन्दा पनि ब्याजदर कम हुँदा आफ्नै समस्याहरू लिएर आउँछ । अहिलेको ब्याजदर बजारको मूल्यवृद्धिलाई धान्न नसक्ने गरी आएको छ,’ उनले भने, ‘विभिन्न देशको बैंकको ब्याजदरलाई नियन्त्रण गरेको हुन्छ । ६ महिनामा ब्याजदर दोब्बर भएर गएको छ । राष्ट्र बैंकले समयमा नै नियन्त्रण गरेको भए अहिलेको अवस्था आउने थिएन । हामीसँग लगानीयोग्य रकम तरलता सीमित रहेको छ ।’