मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २६ आइतबार ११:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परीक्षामा लापरबाही गरेको भन्दै नेविसंघद्वारा त्रिवि पदाधिकारीको राजीनामा माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २६ आइतबार ११:४९:००

परीक्षामा लापरबाही गरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेको छ। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै परीक्षामा लापरबाही गर्ने पदाधिकारी र ‘बिचाैलिया’काे राजीनामा माग गरेका हुन्।

शनिबार बिबिए छैटौँ सेमेस्टरको नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स विषयको परीक्षामा पाँचाैँ सेमेस्टरको सोमोलोजीको प्रश्न सोधिएपछि नेविसंघले राजीनामा माग गरेको हो।पटकपटक भएका यस्ता घटनाको छानबिन गर्न गठित समितिले तयार पारिएको प्रतिवेदन अझै सार्वजनिक नगरी दोषीलाई उम्काउन खोजिएको नेविसंघको ठहर छ।

‘परीक्षाजस्तो संवेदनशील विषयमा लापरबाही गर्दै पटकपटक विद्यार्थीको भविष्य कुल्चने दुष्प्रयास गरिरहेका यी पदाधिकारीहरू रहिरहे विश्वविद्यालय अस्तव्यस्त हुने निश्चित भइसकेकाले पदमा बस्न उपयुक्त देखिँदैन। प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन तथा परीक्षाफल प्रकाशनलगायतका विषयहरूमा संवेदनशील बन्दै परीक्षामा विश्वसनीयता तथा वैधता कायम गर्न नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएकाे छ।  यस्ता घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा नल्याए त्रिविविरुद्ध  जस्तोसुकै कदम चाल्न बाध्य हुने नेविसंघको चेतावनी छ।