Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७९ असार २५ शनिबार १८:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ठूलो ढुंगा अर्थात् फेःक्मालुङ पार्क स्थापना

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७९ असार २५ शनिबार १८:२९:००

संखुवासभाको खाँदबारी नगरपालिका–३ चिसापानीमा ढुंगामाथि पार्क स्थापना गरिएको छ। चिसापानीस्थित खाँदबारी–किमाथांका कोसी-ल्हासा राजमार्गसँगै रहेको ठूलो ढुंगामाथि पार्क स्थापना गरिएको हो। 

बाटामा नै ठूलो ढुंगा भएकाले उक्त ढुंगा जोकोही मानिसहरू चढ्ने र घुमफिर गर्नेहरूको भिड लाग्न थालेपछि पार्कको रूप लिएको छ। 

गत वर्ष खाँदबारी नगरपालिका ३ नम्बर वडाले तीन लाख रुपैयाँ बजेट विनियोजन गरेर सामान्य रूपमा रेलिङ लगाउनेलगायत अलि व्यवस्थित गरेपछि झन् मानिसहरूको आवागमन बाक्लो भएपछि यो वर्ष खाँदबारी नगरपालिकाले नै २५ लाख रुपैयाँ बजेट विनियोजित गरी कृत्रिम रूपमा आकर्षक पार्क स्थापना गरिएको हाे ।