१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २४ शुक्रबार १६:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसद सुवाल भन्छन्– नेपालीसँग बिहे गर्ने विदेशीलाई २० वर्षपछि परीक्षा लिएर मात्र नागरिकता दिनुपर्छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार २४ शुक्रबार १६:४५:००

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी नागरिकलाई  कृत्रिम नागरिकता दिनुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले नेपालीसँग विवाह गर्ने विदेशी महिला अथवा पुरुषलाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्ने बताएका हुन् । 

कृत्रिम नागरिकता लिन पनि नेपालको संस्कृतिबारे लिखित परीक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्नुपर्ने सांसद सुवालले बताए । नेपालको नागरिकतासम्बन्धी समस्या समाधान गर्न खुला सीमालाई बन्द गर्नुपर्ने धारणा राखे । सांसद सुवालले नेपालको भूराजनीतिक अवस्थाअनुसार नेपालीले विदेशीसँग विवाह गर्न नहुने उनको भनाइ छ । 

‘नेपालीले विदेशीसँग विवाह नगर्ने बन्दोबस्त गरौँ । नेपालको भूराजनीतिक अवस्थाअनुसार, हामीले सकेसम्म रोक्नुपर्छ र नेपालीसँग विवाह गरेका विदेशी, महिला वा पुरुषलाई नेपालको कृत्रिम नागरिकता दिन सकिन्छ । कहिले दिने, त्यो २० वर्षपछि,’ सांसद सुवालले भने, ‘कृत्रिम नागरिकता लिनेले नेपालको संस्कृतिबारे लिखित परीक्षामा उत्तीर्ण गर्नुपर्छ ।’

उनले संघ र प्रदेश दुवै तहको नागरिकता बनाउनुपर्ने बताए । महिला र पुरुषबाहेकका लिंगको नागरिकता दिन चिकित्सा विज्ञानले प्रमाणित गर्नुपर्ने उनको भनाइ छ ।