१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गगन अयडी बाजुरा
२०७९ असार २४ शुक्रबार १०:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बुढीगंगा नगरपालिकाको मतगणना ११ बजेबाट सुरु हुने 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७९ असार २४ शुक्रबार १०:२५:००

बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना ११ बजेबाट सुरु हुने भएको छ । केहीबेरअघि सम्पन्न सर्वदलीय बैठकले ११ बजेबाट मतगणनाको कार्य सुरु गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको वडा नम्बर १ र १० को मतपेटिकाको गणनाको कार्य सुरु गरिने जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । मतगणनास्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बुढीगंगामा १३ हजार ६ सय ५९  जना मतदातामध्ये नाै हजार एक सय २८ अर्थात् ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो । गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले हिजो पुनः चुनाव गरेको हो ।

बुढीगंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिएका छन् ।