१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
समाचार डिजिटल संस्करण

महानगर प्रहरीको दुर्व्यवहार खेपेका दम्पतीका छोराहरूलाई कस्मोपोलिटन बोर्डिङले निःशुल्क पढाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २२ बुधबार १५:२६:००

ठेलामा मकै बेचेर गुजारा गर्दा काठमाडौं महानगरपालिकाका महानगर प्रहरीको दुर्व्यवहार खेपेका चेतेन्द्र आचार्यदम्पतीका दुई छोरालाई निःशुल्क पठनपाठनको व्यवस्था  मिलाइएको छ। 

उनीहरूका दुई छोरालाई बालुवाटारस्थित कस्मोपोलिटन बोर्डिङ स्कुलले निःशुल्क पठनपाठनको जिम्मेवारी लिएको हो । कांग्रेस नेता मोहन बस्नेतको पहलमा उनीहरूलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको हो। नेता बस्नेतले मानवीय भावनाअनुरूप उनीहरूको समस्यामा केही राहत पुगोस् भन्ने उद्देश्यले पठनपाठनका लागि  पहल गरेको जानकारी दिए। 

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– १०, बगुवाका आचार्यदम्पतीले १४ वर्षदेखि ठेलामा मकै, तरकारी र फलफूल बेचेर परिवारको गुजारा चलाउँदै आएका छन् ।

 

मिति २०७९ असार १७ गते काठमाडौं महानगरका सुरक्षाकर्मीहरुले आफ्नो नियमित कार्य सम्पादन गर्ने क्रममा सडक किनारमा ठेलागाढामा...

Posted by Mohan Bahadur Basnet on Tuesday, July 5, 2022