मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका विराटनगर
२०७९ असार २२ बुधबार १२:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विराटनगर महानगरमा ‘बालश्रममुक्त घर’ अभियान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७९ असार २२ बुधबार १२:३५:००

विराटनगर महानगरपालिकाले आजदेखि महानगरमा ‘बालश्रममुक्त घर’ अभियान सञ्चालन गरेको छ । यो अभियानबाट व्यक्तिको पारिवारिक अवस्था, जात, धर्म, पेसा, व्यवसाय, साक्षरता र बालश्रम छन् कि छैनन् भन्ने अभिलेख पनि राखिने बताइएको छ ।

विराटनगर महानगरपालिका– १ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेको घरबाट सुरु भएको यो अभियान पहिलो चरणमा सोही वडा र त्यसपछि अन्य वडामा पनि विस्तार हुने बताइएको छ ।

अभियानमा लाग्ने २८ सर्वेक्षकलाई तालिम पनि दिएको महानगर सामाजिक महाशाखाले जनाएको छ । सर्वेक्षकले १५ वर्षमुनिका बालबालिकाको अवस्था पत्ता लगाउने र १२ वर्षमुनिका बालबालिका विद्यालय जान्छन् कि जाँदैनन् पत्ता लगाउनेछन् ।

अभियानको शुभारम्भ गर्दै महानगर प्रमुख नागेश कोइरालाले विगत १३ वर्षअघि बालमैत्री नगर घोषणा भएको महानगरले थालेको यस किसिमको कार्यबाट नागरिकमा सचेतना आउने र आफ्ना बालबालिकालाई पठनपाठनमा लगाउने चेतना वृद्धि हुने विश्वास व्यक्त गरे ।