मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २२ बुधबार ०९:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बस दुर्घटनामा भएको मानवीय क्षतिले प्रचण्ड मर्माहत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार २२ बुधबार ०९:१८:००

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले उक्त दुर्घटनामा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

रामेछापबाट काठमाडौं आउँदै गरेको बा.३ख ८३९६ नम्बरको यात्रुवाहक बस रामेछापको सुनापती गाउँपालिका– ५ र खाँडादेवी गाउँपालिका– १ स्थित सिमानामा मंगलबार बिहान ब्रेक फेल भएर दुर्घटना भएको थियाे । बस लुभुघाट सडकको मोडबाट करिब सय मिटर तल भिरमा खसेको थियो ।

दुर्घटनामा परी घटनास्थलमै नौ र चारजनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे । दुर्घटनामा परी बसमा सवार २४ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीनजनालाई हेलिकोप्टरमार्फत तथा बाँकी २१ जनालाई एम्बुलेन्स र जिपमा राखेर उपचारका लागि धुलिखेल अस्पतालमा भर्ना गरिएको  छ।  चालक र सहचालक भने हाम फालेर जोगिएका छन् ।