१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असार २१ मंगलबार १८:५३:००
Read Time : < 1 मिनेट
समाचार

कोसीटप्पुमा सरस्वतीकली र लक्ष्मीकली हात्ती गर्भिणी, ३ महिनापछि छावा जन्माउने

Read Time : < 1 मिनेट
२०७९ असार २१ मंगलबार १८:५३:००

कोसीटप्पु वन्यजन्तु आरक्षणमा रहेका दुईवटा हात्ती गर्भिणी भएका छन्। वन्यजन्तु आरक्षणमा रहेका ८ वटा हात्तीमध्ये दुईवटा हात्ती गर्भिणी भएका हुन्।

वन्यजन्तु आरक्षणमा रहेका ८ हात्तीमध्ये ७ वटा पोथी र एउटा भाले बच्चा हात्ती रहेका छन्। आरक्षणमा रहेका सरस्वतीकली र लक्ष्मीकली हात्ती गर्भिणी भएका हुन्। निकुञ्जको जंगलमा रहेको पुरानो जंगली मकुनाको सन्तान ब्रिडिङ गर्न लागेको आरक्षणका माहुते लालकुमार चौधरीले बताए। उनले उक्त आरक्षणमा साढे २ वर्षदेखि ७० वर्षका हात्ती रहेको बताए। दुई हात्तीले ३ महिनापछि छावा पाउन लागेका हुन् । 

केही महिनाअघि कोसीटप्पु वन्यजन्तु आरक्षणमा भएको भाले हात्ती माकुनाको करेन्ट लागेर मृत्यु भएका कारण आरक्षणले हात्तीको सन्तान वृद्धिका लागि चितवन राष्ट्रिय निकुञ्ज वा जंगली हात्तीको भर गर्नुपर्ने अवस्था रहेको वन्यजन्तु आरक्षण प्रमुख रामचन्द्र खतिवडाले बताए।