मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार २१ मंगलबार १५:४०:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

‘श्रीलंका–आइएमएफ वार्ता जारी’

Read Time : < 1 मिनेट
२०७९ असार २१ मंगलबार १५:४०:००

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग वार्तामा भाग लिइरहेको बताएका छन्। आर्थिक पुनरुत्थान योजनाका सम्बन्धमा मंगलबार संसदमा सम्बोधन गर्ने क्रममा उनले आइएमएफसँग वार्ताको चरण सफलतापूर्वक सम्पन्न भएको बताएका हुन्।

‘हाम्रो देशले यसअघि पनि धेरैपटक आइएमएफसँग वार्ता गरिसकेको छ। तर, यसपटकको अवस्था विगतका ती सबै अवसरहरूभन्दा फरक छ,’ उनले संसदमा भने, ‘हामी अब आर्थिक रूपमा टाट पल्टेको देशको रूपमा वार्तामा भाग लिइरहेका छौँ । त्यसैले हामीले अघिल्लो वार्ताहरूभन्दा बढी कठिन र जटिल परिस्थितिको सामना गर्नुपरेको छ।’

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र भएपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ। जसले टापु राष्ट्रमा खाद्यान्न, औषधि, खाना पकाउने ग्यास र इन्धनजस्ता अत्यावश्यक वस्तुहरूको तीव्र अभाव भएको छ। विदेशी ऋण चुक्ताको कारणले गर्दा विदेशी मुद्रा संकटमा परेको श्रीलंकाको कुल विदेशी ऋण ५१ बिलियन अमेरिकी डलर छ। रासस/एएनआई