मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार २० सोमबार १७:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेनिटरी प्याड खरिदमा चलखेल प्रकरण : छानबिन समिति बनाउन नेकपा एसको माग 

Read Time : < 1 मिनेट
२०७९ असार २० सोमबार १७:२१:००

झापाको दमक नगरपालिका–१७ स्थित सामुदायिक विद्यालयमा सेनिटरी प्याड खरिदमा भएको चलखेल छानबिन गर्न नेकपा (एकीकृत समाजवादी) दमक नगर समितिले माग गरेको छ। नगर अध्यक्ष महेश घिमिरेले एक विज्ञप्ति जारी गर्दै छानबिन समिति तत्काल बनाएर छानबिन गर्न माग गरेका छन्।

सेनिटरी प्याड खरिद प्रकरणमा नगरपालिकाले चलखेल गर्दा हालसम्म विद्यार्थीले प्याड नपाएको समाचार आइतबार नयाँ पत्रिका दैनिकमा प्रकाशन भएको थियो। दुईपटक बोलपत्र मूल्यांकन समितिले अस्वीकृत गरेको जस्मिन हाइजिन प्रोडक्टसँग नगरपालिकाले करिब २० लाखमा खरिद सम्झौता गरेको थियो। पछि करिब ३४ लाखको सेनिटरी प्याड दमकका १७ सामुदायिक विद्यालयमा जस्मिनले पुर्‍याएको छ। नगरपालिकाले आफू फस्ने डरले विद्यालयका खातामा पैसा निकासा गरेको थियो।

'नयाँ पत्रिका दैनिकको आइतबारको अंकमा प्रकाशित समाचारले प्याड खरिदमा अनियमितता आशंका प्रस्ट हुन्छ। विद्यालय दुई वर्षदेखि प्याड जान नसक्नु, खरिद भएको प्याडमा पनि चलखेल गरिनु गम्भीर विषय हो,' विज्ञप्तिमा भनिएको छ, 'यो घटनाबारे नगरपालिकाले तुरुन्त छानबिन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउन हाम्रो पार्टी माग गर्दछ । अन्यथा आन्दोलनमा उत्रन हामी बाध्य हुनेछौँ ।'