मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार २० सोमबार १४:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली आवश्यक : अध्यक्ष थापा

Read Time : < 1 मिनेट
२०७९ असार २० सोमबार १४:५६:००

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विकृति अन्त्य गर्न जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली कायम गर्नुपर्ने बताएका छन् । उनले ट्विटरमार्फत यस्तो आवश्यकता औँल्याएका हुन् । थापाले स्थिरता र बलियो सरकारको चाहनाबमोजिम नागरिकले तत्कालीन नेकपालाई झन्डै दुईतिहाइ मत दिए पनि सरकार तीन वर्ष टिक्न नसकेको उल्लेख गरेका छन् ।  

‘स्थिरता र बलियो सरकार भए देश विकास हुन्छ भन्ने आसमा जनताले नेकपालाई करिब दुईतिहाइ सिट दिए । तर, सरकार तीन वर्ष टिक्न सकेन, परमादेशबाट सरकार बनेको छ, नेकपा तीन टुक्रा भयो, आलोपालो मन्त्री बन्ने प्रथा चल्यो । यस्ता विकृति अन्त्य गर्न जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली  कायम गरौँ,’ उनले लेखेका छन् ।