निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २९ आइतबार
  • Sunday, 14 August, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १८ शनिबार ११:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालमा जिपी कोइराला विश्वविद्यालयको स्थापना गर्नुपर्छ : मन्त्री बडू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १८ शनिबार ११:१०:००

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले  नेपालमा गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका छन् । शनिबार स्व. नेता गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका हुन् । 

उनले अरू नेताहरूको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोइराला आदर्श र मूल्यमान्यताको प्रतीक भएकाले उनको नाममा जिपी कोइराला विश्वविद्यालयको स्थापना आवश्यक रहेको बताएका छन् । मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यका साथ विश्वविद्यालय स्थापना हुनुपर्ने बताए । 

उनले जिपी कोइराला विश्वविद्यालय स्थापनार्थ सरकार सहयोग गर्न तयार रहेको उद्घोष गरे । मन्त्री बडूले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा नै काठमाडौं विश्व विद्यालयका रूपमा पहिलो विश्वविद्यालय स्थापना गरेको र बहुविश्व विद्यालयको नीतिअन्तर्गत खोलेका विश्व विद्यालयले आफ्नो प्रतिस्पर्धा परिणाममा देखाइरहेको बताए । 

मन्त्री बडूले क्षमतासहितको प्रतिस्पर्धी, उत्कृष्ट, आदर्श र उद्देश्य राखेर जिपी कोइराला विश्वविद्यालय स्थापना गर्न सरकार सहयोगका लागि तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।