१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १७ शुक्रबार ०९:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाको बैठक बस्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १७ शुक्रबार ०९:१२:००

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको छ । 

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथिको दफावार, आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ माथिको दफावार, राष्ट्र ऋण उठाउने विधेयक, २०७९, ऋण तथा जमानत (२५औँ संशोधन) विधेयक, २०७९ प्रस्तुत गर्ने भएका छन् । 

त्यसैगरी, बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक, २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ प्रस्तुत गर्ने कार्यसूची रहेको जनाइएको छ ।