१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १७ शुक्रबार ०९:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शेखर कोइरालापक्षीय नेताहरूको बैठक शुक्रबार पनि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १७ शुक्रबार ०९:००:००

नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको आरोपसहित देउवाको विरुद्धमा कोइराला पक्षको छुट्टै भेला भइरहेको छ ।  बिहीबारबाट सुरु भएको भेला आज पनि बस्नेछ । बिहीबारको बैठकमा कोइराला पक्षले देउवाविरुद्ध रचनात्मक विद्रोह गर्ने निष्कर्ष निकालेको थियो । 

देउवालाई स्थानीय चुनावपछि केन्द्रीय समिति बैठक नबोलाएको, मनोमानी ढंगले चलेको, सत्तालाई मात्र केन्द्रमा राखेको र भ्रातृसंस्थामा आफूखुसी नियुक्त गरेको आरोप लाग्दै आएको छ । बैठक  बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बस्ने जनाइएको छ ।