Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असार १७ शुक्रबार ०८:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्सामा बालिकाको शवसहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
२०७९ असार १७ शुक्रबार ०८:०८:००

पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका– ७ ढोंगी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा स्थानीय १८ वर्षीया किशोरी, ४० वर्षीया आशा देवी र ५० वर्षीया उर्मिला देवी रहेका छन् । बुधबार बहुदरमाई– ७ की १४ वर्षीया बालिकाको विष सेवनका कारण  मृत्यु भएको थियो । उक्त घटनाबारे प्रहरीलाई जानकारी नदिई गोप्य रूपमा अन्त्येष्टि गर्न लागेको अवस्थामा प्रहरीले तीनैजनालाई मसानघाटबाट शवसहित पक्राउ गरेको हो । 

मोटरसाइकलमा लगेर शव जलाउन लागेका तीनैजनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिन म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पोखरियाको टोली मसानघाटमा पुग्दा  शव बेवारिसे छोडेर तीनैजना फरार भएका थिए । प्रहरीले जल्दै गरेको शव बरामद गरेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।