१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १६ बिहीबार २०:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवा इतरपक्षको बैठक शुक्रबार पुनः बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १६ बिहीबार २०:५८:००

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा इतरपक्षको बैठक शुक्रबार पुनः बस्ने भएको छ ।बैठकमा सहभागी नेता चन्द्र भण्डारीका अनुसार शुक्रबार दिउँसो २ बजे पुनः बस्ने गरीब बिहीबार बैठक सकिएको छ । 

नेता भण्डारीका अनुसार आजको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध रचनात्मक विद्रोह गर्नेबारे छलफल भएको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘पार्टीको आन्तरिक कुरामा पनि हामीले छलफल गरेका छौँ । यो भोलि २ बजेसम्मलाई स्थगित गरेर त्यसपछि सुरु हुनेछ,’ उनले भने, ‘आजको बैठकमा ‘कन्स्ट्रक्टिभ विद्रोह’को पनि कुरा भएको छ ।’

बैठकमा देशको आर्थिक, समसामयिक, राजनीतिक, गठबन्धनलगायतका विषयमा पनि छलफल भएको नेता भण्डारीले बताए । ‘देशको अहिलेको समसामयिक राजनीति, हाम्रो गठबन्धन, अहिले देशको आर्थिक अवस्था र भोलि हुने निर्वाचनका बारेमा र अहिले देशमा बढ्दै गएको महँगीको बारेमा हाम्रो लामो छलफल भइरहेको छ,’ उनले भने । 

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिने उद्देश्यले कांग्रेसको इतरसमूहले बिहीबार छुट्टै भेला राखेको थियो । इतरपक्षका नेता डा. शेखर कोइरालाको नेतृत्वमा बिहीबार नेताहरू काठमाडौंको गौशालास्थित अनुपम फुडल्यान्डमा भेला भएका थिए ।