Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असार १६ बिहीबार ०८:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा ४० प्रतिशत रोपाइँ सकियो

Read Time : < 1 मिनेट
२०७९ असार १६ बिहीबार ०८:२१:००

लमजुङमा बर्खे र चैतेधान गरी १३ हजार दुई सय ५० हेक्टरमा धान खेती गरिन्छ । जिल्लाको खेतीयोग्य जमिनमा यतिवेला बर्खेधान रोप्ने काम भइरहेको छ ।

जिल्लामा समग्रमा ४० प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले जानकारी दिए । 

मनसुन छिट्टै भित्रिएको र प्रशस्त पानीको सुविधा भएकाले यस वर्स लमजुङमा धान रोपाइँ  चाँडै सुरु गरिएको थियो । लमजुङको ठूला-ठूला फाँटहरू राइनासटार, धमिलिकुवा, रामचोकबेँसी, भलाखर्क, चक्रतीर्थ, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका स्थानामा मकै पाकेसँगै धान रोपाइँ भइरहेको छ ।

लमजुङका किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या– २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्रलगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, युएस ३१२, मकवानपुर, बर्खे ३००४, मनसुलीलगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा १३ हजार दुई सय ५०  हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ ।

कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण  परियोजना कार्यान्वयन एकाइ  लमजुङ, मनाङ र बेँसीसहर नगरपालिका कृषि शाखानाले रैथाने धानको संरक्षण गर्न बुधबार  १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ । यस वर्षको धान दिवसको नारा ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ रहेको थियो  ।

बेँसीसहर नगरपालिका– ८ दनाईफाँटमा  धान रोपेर  दिवस मनाइएको हो ।