१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ असार १६ बिहीबार ०६:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालिकालाई यौनधन्दामा लगाउने होटेल सञ्चालकसहित ६ जना पक्राउ

Read Time : < 1 मिनेट
२०७९ असार १६ बिहीबार ०६:५१:००

१४ वर्षकी एक बालिकालाई यौनधन्दामा लगाएको तथा जबर्जस्ती करणी गरेको आरोपमा होटेल सञ्चालकसहित ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख कैलाश राईले मंगलबारसम्म तीन होटेल सञ्चालक र तीन ग्राहकसहित ६ जना पक्राउ परेको जानकारी दिए । अनुसन्धानकै क्रममा रहेकाले पीडकको विवरण गोप्य राखिएको उनले बताए ।

केही दिनअघि सदरमुकाम फुङलिङको कोप्चेटोलमा एउटा पसलबाट एक बालकले चोरी गरेको सिसिटिभीबाट देखिएको थियो । सो पैसा चोरेको आरोपमा बालकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयबाट सोधपुछ गरेको डिएसपी राईले बताए । सोधपुछ गर्नेक्रममा एकजना बालिका पनि त्यसमा जोडिन पुगेको उनको भनाइ छ । बालकले चोरेको पैसाबाट खाजा खाने गरेकी ती बालिकालाई विभिन्न होटेलले यौनकार्यमा लगाउने गरेको खुलेको र होटेल सञ्चालकसहित ६ जना पक्राउ परेको राईले बताए । बालिकाले पक्राउ परेपछि यौनधन्दामा संलग्न गराएको र ६२ वर्षका वृद्धसमेतले यौन सम्पर्क गर्ने गरेको बताएको उनले जानकारी दिए ।

प्रहरीले आरोपीविरुद्ध मुद्दा दर्ता प्रक्रिया सुरु भइसकेको जनाएको छ । तीनजनालाई जबर्जस्ती करणी, दुईजनालाई शरीर बन्धक तथा मानव ओसारपसार र एकजनालाई मतियारको रूपमा उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरेको डिएसपी राईले बताए ।

बालिकाले प्रहरीलाई दिएको सुरुको बयानअनुसार सेवाग्राहीबाट दुई हजार रुपैयाँ लिने र होटेल सञ्चालकले एक हजार रुपैयाँ राखेर आधा उनलाई दिने गर्थे । आमाको मृत्यु भएको र बाबुले कान्छी आमा ल्याएपछि घरमा बस्ने वातावरण नभएर होटेलमा भाँडा माझेर गुजारा गर्ने क्रममा होटेल सञ्चालकले यौनकार्यमा लगाएको बालिकाले प्रहरीलाई बताएकी छन् । पीडित बालिकाका बुबा र कान्छी आमा सदरमुकाममा बस्दै आएका छन् ।