Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ असार १५ बुधबार १९:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महँगी नियन्त्रण गर्न सरकारले ‘देशव्यापी अनुगमन’ गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ असार १५ बुधबार १९:३०:००

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने बताएका छन्। बुधबार वाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्न लागेको बताएका हुन्। 

मन्त्री बडूले सरकारले संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन प्रभावकारी बनाउने बताए। मन्त्री बडूले इन्धनको एक्कासि मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाको मूल्यमा गरिएको मूल्यवृद्धि घटाउन र उपभोक्तालाई राहत दिन देशभर एकैसाथ एउटै समयमा अनुगमन गर्ने तयारी गरेको बताए। उनले देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रशासन र स्थानीय तहलाई पत्राचार गरिसकिएको पनि बताए। 

‘सरकारले बजार अनुगमनको विधि परिवर्तन गर्नुपर्छ। जनताले अनुभूति हुने गरी प्रभावकारी भयो भने घट्न जरुरी हुन्छ । त्यो स्थिति सरकारले निर्माण गर्नुपर्छ, मन्त्री बडू ‘मन्त्रालयको अनुगमन निकाय,अन्य मन्त्रालयका निकाय, सातवटै प्रदेशका निकाय,निर्देशनालयहरू र ७७ वटै जिल्लाका जिल्ला अनुगमन अधिकारीहरू, प्रहरी तथा ७५३ वटै स्थानीय तहमा पनि अनुगमन अधिकार तोक्न निर्देशन दिएका छौँ। यी सबै निकायमा एकसाथ एकै समयमा अनुगमन गर्नुपर्छ।’