मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १५ बुधबार १७:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

होटेल र्‍याडिसनद्वारा वृद्धाश्रमलाई सहयोग र रक्तदान अभियान सञ्चालन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १५ बुधबार १७:४९:००

र्‍याडिसन होटेल काठमाडौंले सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्य अघि बढाएको छ। पछिल्लो एकसाता यता  होटेलले विभिन्न संघसंस्थालाई सहयोग तथा रक्तदान कार्यक्रम गरेको हो।

होटेलले शान्तिनगरस्थित सेवा सदन नामक वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई सहयोग गरेको छ। होटेलको टोली त्यहाँ पुगेर खाना र भत्ता वितरण गरेको छ। आफूहरूलाई सहयोग गर्न पुगेपछि जेष्ठ नागरिकहरूले होटेलका महाप्रबन्धकसहितको टोलीलाई स्वागत गरेका थिए।

होटेलका तर्फबाट महाप्रबन्धकले केक काटेर संस्थालाई कोष हस्तान्तरणसमेत गरेका थिए। त्यसैगरी, होटेलले रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान अभियान पनि सञ्चालन गरेको छ। रक्त बैंकहरूमा भइरहेको रगतको अभावलाई कम गर्न होटेलले रक्तदान अभियान अघि बढाएको हो। यी र यस्ता गतिविधिलाई निरन्तरता दिँदै अघि बढ्ने होटेल प्रशासनले जनाएको छ।