मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १५ बुधबार १७:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्न गृहमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १५ बुधबार १७:४८:००

गृहमन्त्री बालकृष्ण खाणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्न सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन् । बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाणले विपद्को पूर्वतयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु सरकारको दायित्व भएको बताएका हुन् ।

मन्त्री खाणले प्राकृतिक विपद्का कारण सडकहरूमा क्षति हुँदा जनधनको क्षति हुने, आवात–जावतमा अवरोध हुने र आर्थिक क्रियाकलापमा समेत गम्भीर क्षति पुग्ने भएकाले विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । 

उनले विपद् प्रतिकार्यका लागि उपलब्ध सामग्रीहरूलाई तयारी अवस्थामा राख्न र विपद् परिहालेमा तत्काल पुगेर आवश्यक भूमिका निर्वाह गर्न पनि निर्देशन दिए। ‘हामीले ठाउँ–ठाउँमा पूर्वतयारी गरेर बस्ने र हाम्रा सामग्रीहरू पनि जुन उपलब्ध छन्, तिनलाई पनि तयारी अवस्थामा राख्ने,’ उनले भने, ‘कहीँ त्यस्तो खालको प्रभाव परिहाल्यो भने तत्काल राज्य त्यहाँ पुगेर त्यसको गर्नुपर्ने भूमिका निर्वाह गरिहाल्ने।’

मन्त्री खाणले विपद्को समयमा सूचना र सञ्चारको तत्काल आवश्यकता पर्ने भन्दै यसतर्फ दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण पनि गराए ।