मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फोटो
२०७९ असार १५ बुधबार १४:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राज्यमन्त्री वलीको राजीनामा स्वीकृत 

Read Time : < 1 मिनेट
२०७९ असार १५ बुधबार १४:३२:००

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको बताएका छन् । प्रदेश सभाको बुधबारको बैठकमा एमालेले राज्यमन्त्री वलीबारे प्रश्न उठाउँदै सरकारको जवाफ माग गरेपछि मुख्यमन्त्री केसीले वलीले १२ असारमा गते राजीनामा दिएको र राजीनामा स्वीकृत भएको जानकारी सदनलाई गराएका हुन् ।  

बुधबारको बैठकको सुरुमै एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री विमलाका सन्दर्भमा भएका घटनाबारे सरकारको धारणा मागेका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले त्यसबारेमा जवाफ दिन मुख्यमन्त्रीलाई समय दिएका थिए । 

मुख्यमन्त्री केसीले छानबिन सहजताका लागि राज्यमन्त्रीको राजीनामा आएको र राजीनामा स्वीकृत गरेको भन्दै जानकारी गराएका थिए । मुख्यमन्त्री केसीले घटनाबारे छानबिनका लागि आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा गठित तीन सदस्यीय टोलीले छानबिन गरिरहेको जानकारी गराए । प्रदेश सरकारले कानुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीमगर र  मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेको समिति गठन गरेको थियो ।