१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १५ बुधबार १०:४५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

केयूमा खुल्यो ‘मास्टर्स इन मिडिया स्टडिज’ कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १५ बुधबार १०:४५:००

काठमाडौं विश्वविद्यालय (केयू)ले यसै वर्षदेखि स्नातकोत्तर तहमा मिडिया स्टडिज विषयमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । विगत १६ वर्षदेखि स्नातक तहमा सञ्चालन गर्दै आएको कार्यक्रम अब स्नातकोत्तर तहमा पनि विस्तार गर्न लागेको हो ।

केयूमा सञ्चालन हुन लागेको स्नातकोत्तर तहको मिडिया स्टडिज कार्यक्रम अन्य विश्वविद्यालयमा भन्दा फरक रहेको भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. सुधांशु दाहालले बताए । यहाँ भर्ना हुने विद्यार्थीहरूले समाज, संस्था, संस्कृति तथा प्रविधिलाई आधारशिला मानी सञ्चारमाध्यमका विभिन्न आयामको अध्ययन हुने उनले बताए । केयूको मिडिया स्टडिज कार्यक्रममा प्राविधिक सीप र सैद्धान्तिक ज्ञानको समिश्रण हुने उनको भनाइ छ । 

स्नातकोत्तर तहमा सञ्चालन हुने विषय अनुसन्धानसम्बन्धी छन् भने मिडिया उत्पादन, मिडिया व्यवस्थापनजस्ता विषय व्यावसायिक मिडिया कर्ममा लाग्न चाहनेका लागि राम्रो हुने उनको दाबी छ । यस कार्यक्रममा विद्यार्थीले ६० क्रेडिट बराबरका विभिन्न २० वटा विषयको अध्ययन गर्नेछन् ।

तीमध्ये मोबाइल पत्रकारिता, फिल्म अध्ययन, विज्ञापन व्यवस्थापन, प्रसारण पत्रकारिता, रेडियो स्टेसन व्यवस्थापनलगायत २८ वटा विषयबाट तीनवटा ऐच्छिक विषय छान्न सक्नेछन् । प्रथम वर्ष पूरा गरी थप अध्ययन गर्न नचाहनेका लागि पोस्ट ग्र्याजुएट डिप्लोमाको डिग्री प्रदान गर्न सकिने व्यवस्था छ ।