१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असार १५ बुधबार ०९:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाग्लुङमा चट्याङ लागेर एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ असार १५ बुधबार ०९:३२:००

बाग्लुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–४ तग्राम फापरखेतकी २८ वर्षीया सुष्मा पुनको चट्याङ लागेर मृत्यु भएको हो ।

उनी गएराति आफ्नै घरको भान्साकोठामा बसिरहेको अवस्थामा चट्याङमा परी घाइते भएकी हुन् । उनको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । 

यस्तै, अविरल वर्षाका कारण आएको पहिराले गएराति गलकोट नगरपालिका– ११ रिघास्थित कृष्णबहादुर कामीको घर पुरिएको छ । तीनतले कच्ची घर पहिरोले पुरिएको हो । मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।