मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १५ बुधबार ०७:४८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखराबाट धम्पुससम्म टिभिएसको ‘एओजी राइड’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १५ बुधबार ०७:४८:००

टू–ह्विलर्स कम्पनी टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले आफ्ना ग्राहकका लागि अपाचे ओनर्स ग्रुप (एओजी) नामक अपाचे धनी र रोमाञ्चक राइडमा सहभागी हुन इन्छुक उत्साहीहरूको समूह बनाएको छ ।

कम्पनीले यस समूहअन्तर्गत पोखराका ३० जना एओजीका सदस्यहरूलाई पोखराबाट धम्पुस हुँदै सुर्खेत रिसोर्टसम्म राइडको व्यवस्था गरेको थियो । एओजीमा सहभागिताका लागि एक सयभन्दा बढी आवेदन परेपनि चयन प्रक्रियामा ३० जना मात्र छानिएको कम्पनीले जनाएको छ ।

गण्डकी प्रदेशमा भएको संस्करणका लागि दर्ता गरेका बाँकी राइडरलाई टिभिएसले गण्डकीमा भविष्यमा हुने अरू संस्करणमा उपस्थित गराउने उल्लेख गरेको छ । टिभिएसले आफ्ना ग्राहकका लागि विभिन्न कार्यक्रम र एड्भेन्चर राइड सञ्चालन गरिरहेको जनाएको छ ।

कम्पनीले बागमती प्रदेशपछि गण्डकी प्रदेशमा एओजी राइड गरेको जनाएको छ । नारायणी, कोसी, लुम्बिनी, महाकालीजस्ता नेपालका विभिन्न ठाउँमा पनि निकट भविष्यमा एओजी राइड सञ्चालन गर्ने कम्पनीको भनाइ छ ।

यो राइड अनुभवी मार्सलहरूको निगरानीमा भएको जनाइएको छ । जसमा राइडरहरूलाई रोड सेफ्टीजस्ता विभिन्न प्रशिक्षण दिएको कम्पनीले जनाएको छ । राइडमा सहभागीलाई कम्पनीले निःशुल्क राइडिङ गियर्स उपलब्ध गराएको जनाइएको छ । 

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्विलर्सको आधिकारिक वितरक हो । यसले देशभरमा एक सय ३७ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जाल तयार गरेको दाबी गरेको छ ।

गुणस्तरीय उत्पादनहरू, बिक्रीपछिको सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धता नै सफलताको कारण रहेको कम्पनीको भनाइ छ ।