१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
लगातारको वर्षासँगै बुटवलको तिनाउ नदीमा पानीको सतह बढेको छ । तस्बिर : रासस
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १५ बुधबार ०७:२०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आज प्रदेश १ देखि लुम्बिनीसम्म धेरै पानी पर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १५ बुधबार ०७:२०:००

झापामा २४६ मिलिमिटर वर्षा 

न्यूनचापीय रेखानजिक आएसँगै मंगलबार पूर्वी नेपालका तराई क्षेत्रमा भारी वर्षा भएको छ । विभागका अनुसार २४ घन्टामा सबैभन्दा बढी झापामा वर्षा भएको छ ।चन्द्रगढी विमानस्थलमा रहेको वर्षा मापन केन्द्रमा सोमबार राति ८ देखि मंगलबार साँझ ८ बजेसम्म २४६.२ मिलिमिटर वर्षा मापन भएको छ, जुन अतिभारी वर्षा हो ।

‘यो अतिभारी वर्षा हो, झापा क्षेत्रमा ९ असारदेखि नै मनसुन सक्रिय थियो । अहिले आएर धेरै पानी पर्‍यो,’ जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले भनिन्, ‘पूर्वी नेपालकेन्द्रित वर्षा अस्वाभाविक होइन । बर्खामा यसलाई स्वाभाविक मान्नुपर्छ । धेरै ठूलो पानी पर्दा बाढीपहिरोको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउनुपर्छ ।’

झापाको कन्काई क्षेत्रमा १९८.८ मिलिमिटर वर्षा हुँदा त्यसपछि सुनसरीको तरहरा मापन केन्द्रमा १७८.६ मिलिमिटर वर्षा मापन भएको छ । शनिश्चरेमा १७१.४, दमकमा १६८.८ र मोरङको लेटाङमा १५१.८ मिलिमिटर वर्षा भएको छ । सप्तरीको राजविराजमा १३८.६ मिलिमिटर वर्षा मापन भएको छ । बुधबार देशभर वर्षा हुने आकलन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडलका अनुसार प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी क्षेत्रमा भारी वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिममा भने तुलनात्मक रूपमा कम वर्षा हुने आकलन गरिएको छ ।

मुलुक प्राकृतिक विपतका कारण चाँडै प्रभावित हुन सक्छ : गृहमन्त्री बालकृष्ण खाण
गृहमन्त्री बालकृष्ण खाणले मुलुक प्राकृतिक विपतका घटनाका कारण चाँडै प्रभावित हुन सक्ने बताएका छन् । मनसुन सक्रिय भएसँगै वर्षा हुन थालेको भन्दै गृहमन्त्री खाणले बर्खामा मुुलुक प्राकृतिक विपत्बाट प्रभावित हुन सक्ने र प्रतिकार्यका लागि सरकार चनाखो रहेको बताए ।

मंगलबार काठमाडौंमा आयायोजित ‘अन्तर्राष्ट्रिय सिम्पोजियम’मा उनले भने, ‘विपत्लाई नदेखेजस्तो गरी टार्न सकिँदैन । यसको सामना गर्नैपर्छ । विपतकाे सामना, नागरिक तथा सम्पत्तिको रक्षा गर्नु आजको हाम्रो बाध्यता र यथार्थ दुवै हो ।’