मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असार १५ बुधबार ०६:५१:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्व च्याम्पियन मोर्गानले लिए सन्न्यास 

Read Time : < 1 मिनेट
२०७९ असार १५ बुधबार ०६:५१:००

इंग्ल्यान्डका एकदिवसीय तथा टी–२० विश्वकप क्रिकेट विजेता इयोन मोर्गानले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिएका छन् । मोर्गानको कप्तानीमा इंग्ल्यान्डले सन् २०१९ को आइसिसी एकदिवसीय विश्वकप उपाधि जितेको थियो ।

सन् २०१० मा इंग्ल्यान्डले टी–२० विश्वकप ट्रफी उचाल्दा उनी टोलीका मुख्य खेलाडी लिए । ३५ वर्षीय इंग्लिस टोलीका कप्तान मोर्गानले १६ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट खेलजीवनबाट सन्न्यास लिने सही समय आएको बताएका छन् । ‘क्रिेकटबाट टाढिनु त्यति सहज निर्णय होइन, तर मलाई थाहा छ, यो नै सन्न्यास लिने सही समय हो,’ सन्न्यासको घोषणा गर्दै मोर्गानले भने, ‘१६ वर्ष इंग्लिस टोलीमा गर्विलो वर्ष बिताए ।’ 

सन् २००६ मा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका मोर्गान इंग्ल्यान्डका सफल एकदिवसीय कप्तानमा पर्छन् । उनले इंग्ल्यान्डबाट २२५ एकदिवसीय खेलमा ६ हजार नौ सय ५७ रन बनाए । उनले एकदिवसीय खेलमा १३ शतक जोडेका छन् । यसैगरी, टी–२० खेलमा उनले दुई हजार चार सय ५८ रन जोडेका छन् ।