मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार १५ बुधबार ०६:४५:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ भट्टराईलाई

Read Time : < 1 मिनेट
२०७९ असार १५ बुधबार ०६:४५:००

पोखरा स्पोर्टस् अवार्डको छैटौँ संस्करणअन्तर्गत ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईलाई सम्मान गरिने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

विश्व खेलकुद पत्रकार दिवसको सन्दर्भ पारेर १८ असारमा आयोजना हुने कार्यक्रममा खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिएका विभिन्न सात विधामा उत्कृष्ट एक–एकजनालाई अवार्ड प्रदान गरिनेछ । लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने भट्टराईले सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेका थिए ।

यस्तै, उनी सन् १९८९, १९९० र १९९१ मा बक्सिङमा राष्ट्रिय च्याम्पियनसमेत बनेका थिए । सन् १९८७ मा पहिलोपटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भट्टराई पहिलो सहभागितामै च्याम्पियन बने । सन् १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनसिपमा गोल्ड मेडल जिते । सोही वर्ष सिनियरतर्फ चौथो भए । त्यसको एक वर्षपछि राष्ट्रिय च्याम्पियन बने ।