मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असार १५ बुधबार ०६:३८:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

भारतीय पत्रकार जुबेर पक्राउ

Read Time : < 1 मिनेट
२०७९ असार १५ बुधबार ०६:३८:००

दिल्लीको एक अदालतले मुस्लिम पत्रकार मोहम्मद जुवेरलाई सन् २०१८ को एउटा ट्विटर केसमा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । पत्रकार जुबेरले सामाजिक सञ्जालमार्फत हिन्दू धार्मिक आस्थाको अपमान गरेको आरोपमा आइतबार राति पक्राउ परेका हुन् ।

जुबेर फ्याक्ट–चेक गर्ने समाचार संस्था ‘अल्ट न्युज’का सहसंस्थापक हुन् । उनलाई भारतीय दण्डसंहिताको धार्मिक सद्भावसँग सम्बन्धित दफा २ अन्तर्गत पक्राउ गरेको दिल्ली 
प्रहरीले जनाएको छ ।

जुबेरको अल्ट न्युजले भारतीय मिडियामा आएका गलत समाचार र सूचनाको जाँचपडताल गरेर सत्य–तथ्यबाहिर ल्याउने गर्छ । जुवेर केही समययता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको भारतीय जनता पार्टी (भाजपा)ले मुलुकका २० करोड मुस्लिमको अधिकार कुण्ठित गरेको भनेर तिखो आलोचनायुक्त टिव्ट गरिरहेका थिए ।

बिजेपी सरकारले आलोचनाहरूलाई दबाउन र अघोषित सेन्सरसीपका लागि बाध्य बनाउन उपनिवेशकालिन कानुनहरूको प्रयोग गरिरहेको आरोप आलोचकहरूले लगाइरहेका छन् । जुबेरको पक्राउलाई लिएर वाक स्वतन्त्रताका पक्षधरले सरकारको कडा आलोचना गरेका छन् ।

यसै महिनाको सुरुवातमा भाजपाकी प्रवक्ता नुपुर शर्माले पैगम्बर मुहम्मदका बारे गरेको अपमानजनक टिप्पणीलाई लिएर जुबेरले गरेका ट्विटहरूले मुस्लिम समुदायको ध्यानाकृष्ट गरेको थियो । मुस्लिम समुदायबाट चर्काे असन्तुष्टि आउन थालेपछि भाजपाले शर्मालाई प्रवक्ताबाट निलम्बन गरेको थियो ।